​गुल्मीको यो ठाउँ किन गनायो ?

गुल्मीको इस्मा गााउँपालिका चर्चाको शिखरमा छ । जिल्लाका सबै स्थानीय तहले स्थायी केन्द्र  तोके पनि इस्माले केन्द्र तोक्न सकिरहेको छैन । पछिल्लो समय केन्द्र विवादलाई समेत माथ गर्ने गरी विवादास्पद सभाहल सबैको चासोको विषय बनेको छ ।

केन्द्रीय सरकारद्वारा विनियोजित ६० लाख रुपैयाँको लागतमा बनेको सभाहलमा व्यापक भ्रष्टाचार भएको भन्दै सत्तासिन र बिपक्षी दलहरुले आवाज सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा हटकेक बनेको छ । इस्मा गाउँपालिका ३ दर्लामचौरमा छोटो समयमै निर्माण भएको भनिएको उक्त सभाहलमा ३० लाख रुपैयाँबराबरको अनियमितता भएको स्थानीयको आरोप छ । वडाध्यक्ष तोयनाथ सापकोटाले निर्माण शुरु भएको २५ दिनमै सम्पन्न सभाहल भन्दै तस्बिर सामाजिक सन्जालमा सेयर गरेसँगै आमचासो बढेको थियो । वडाध्यक्ष सापकोटाको विगत विवादास्पद र भ्रष्ट भएका कारण चासो बढेको सत्तासीन दल नेकपाका स्थानीय नेताहरु बताउँछन् । ज्वाइँले ठेक्का लिएर निर्माण गरेकाले अनियमितता भएको हुनसक्ने भन्दै विभिन्न ठाउँमा उजुरी परेको छ ।

लामो समय दर्लामचौरको गाविस सचिव रहेका सापकोटा पञ्चायतकालभरि कहलिएका पन्च थिए । बहुदल आएपछि कांग्रेसको क्षेत्रीय सभापतिसम्मको नेतृत्व लिए ।  लोकतन्त्र स्थापनापछि तत्कालीन नेकपा माओवादीको जिल्ला सचिवालय सदस्य बने । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेर वडाध्यक्ष निर्वाचित भए ।

हलको हाल

आर्थिक वर्ष सकिनै लाग्दा ज्येष्ठ २८ गते बिनाटेन्डर उक्त हल निर्माणको जिम्मा ज्वाइँ  बिष्णुप्रसाद अधिकारीलाई दिइयो ।  ७१ फिट लम्बाइ रहेको सभाहलमा २५० जनाको सिट क्षमता छ ।

इस्मामा मन्त्री गोकर्ण बिष्टका दाजु लक्ष्मण गाउँपालिका प्रमुख छन् । बिष्ट परिवारले आफ्नो प्रभाव कायम राख्न वडाध्यक्ष सापकोटा, ५ नम्बर वडा सदस्य तथा नेकपाको पालिका संयोजक नारायण पैयानी र इस्मा इञ्चार्ज तथा मन्त्रीका पूर्व पिए हिरा एसीलाई प्रयोग गर्ने गरेको बताइन्छ । पैयानी डोजर मालिक र स्थानीय ठेकेदार हुन् । यस्तै एसी एनजिओको मालिक रहेको जिल्ला नेताहरुको दाबी छ ।

टिप्पणीहरू