भालेले होइन,टोक्ने पोथीले हो

भालेले होइन,टोक्ने पोथीले हो

धेरैलाई लामखुट्टेले कसरी टोक्छ भन्ने थाहा नहुन सक्छ । त्यसैगरी धेरैलाई सबै किसिमका लामखुट्टेले मानिसको रगत चुस्छन् भन्ने विश्वास हुन्छ ।

तर वास्तवमा भाले लामखुट्टेले नभई पोथी लामखुट्टेले मात्रै मान्छेलाई टोक्ने गरेको तथ्य पुष्टि भएको छ । लामखुट्टेले रगत लिनको लागि पहिले मानिसको छाला छेड्न आफ्नो लामो मुखमा रहेको तीखो सुईप्रोबोसिसको प्रयोग गर्छ ।

यसले मानिसको शरीरमा छालाभित्र रहेको रक्तनली पत्ता लगाउँछ र मुखबाट सजिलैसँग रगत तान्छ । यो क्रममा लामखुट्टेले विषाणुयुक्त आफ्नो र्याल पनि सँगसँगै मानिसको शरीरमा पठाउँछ ।

टिप्पणीहरू