समाचारमा सल्लाहकारको सरोकार

जनआस्था साप्ताहिकको वर्ष २५,अंक ११,जेठ ८ गते बुधबारको अंकमा ‘विदेशबाट अपराधीहरुको बाढी’ शीर्षकको समाचार प्रकाशित छ । सम्माननीय प्रधानमन्त्रीज्यूका प्रेस सल्लाहकार डा।कुन्दन अर्यालले १० गते,शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी समाचारको खण्डन गर्नुभएको छ ।

डा.अर्यालले प्रकाशित गर्नुभएको विज्ञप्तिप्रति जनआस्था सम्पादकीय समूहको ध्यानाकर्षण भएको छ । उक्त समाचारमा नेटवर्किङ व्यवसायको आवरणमा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालले नेपालबाट आर्थिक परिचालनको काम गरिरहेको र त्यस काममा संलग्न व्यक्तिहरुलाई महानगरीय अपराध महाशाखा तथा प्रहरी परिसरको टोलीले गतसाता दुईपटक गरेर पक्राउ गरेको कुरा उल्लेख छ । त्यसमध्ये पछिल्लोपटक जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलअघिल्तिरबाट प्लाष्टिकको झोलामा बोकिएको रकमसहित पक्राउ परेका केही ब्यक्तिले लगत्तै प्रहरीलाई दिएको प्रारम्भिक बयानमा सो रकम सरकारी वकिलसँग कुरा भइवरी मुद्दा सहज बनाउनका लागि तयार पारिएको उल्लेख छ ।

जनआस्थालाई सुरक्षा स्रोतबाट प्राप्त समाचारअनुसार ती व्यक्तिहरुको पक्राउलगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूका प्राविधिक विज्ञ अस्गर अली मोबाइलबाट पक्राउ व्यक्तिलाई छुटाउने काममा दबाबमूलक भूमिकासहित प्रस्तुत भएका थिए । उनले तत्कालिन नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका,सिराहाको लाहान घर भएका एकजना पदाधिकारीलाई अघि सारेर प्रहरीका अनुसन्धान अधिकृतहरुसँग कुुरा गर्न पठाए । तर,समाचारमा ती व्यक्तिको नाम छुट्न गई अस्गरको नामलगत्तै ‘उनी’ शव्द प्रयोग हुँदा उनी आफैँ प्रहरी परिसरमा विहान ९ः३० को समयमा आरोपित भेट्न पुगेको भन्ने अर्थ लाग्न पुग्यो । त्यहाँ पुगेका लाहान घर भएका संगठनका पदाधिकारी हुन् । त्यसको सिसिटिभी फुटेज सुरक्षित छ भनी समाचारमा उल्लेख छ ।

अस्गर आफैँ प्रहरीकहाँ पुगेको आशय एउटा नाम लेख्न छुट्दा पर्न गएको हो । तर,उनले विभिन्न प्रहरी अधिकारी, सरकारी वकिललाई मोबाइलबाट फोन गर्ने र एसएमएस लेख्ने काम गरेकै हुन् । उनी आफैँ प्रहरी परिसर पुगेको आशय झल्किएकोप्रति क्षमा चाहन्छौँ । तर, उनको शून्य संलग्नता जसरी सम्माननीय प्रमज्यूका सल्लाहकारले दिनुभएको वक्तब्य सत्य होइन । समाचार प्रकाशित भएपछि प्रहरीका हाकिमलाई ूकिन यसरी समाचार दियौ रु’ भनी हप्काइएको छ ।

बत्तीसपुतलीस्थित अग्र्यानिक रेष्टुरेष्टमा एकजना डिएसपी,इन्स्पेक्टरसहित मुस्लिम संगठनका पदाधिकारी पुगेको तथ्य प्रहरी प्रधान कार्यालयको छानवीन टोलीले पनि पत्ता लगाएको हो । तिनै आधारमा जनआस्थालाई समाचार प्राप्त भएको हो । अग्र्यानिक चुलोमा भेटिएका डिएसपी, इन्स्पेक्टर र सरकारी वकिल ९सहन्यायाधीवक्ता० सँग अस्गरको कुरा भएको छ । तसर्थ,सम्माननीय प्रमज्यूको सचिवालयले जनआस्थालाई समाचार पुष्टि गर्न चुनौति दिनुअघि उल्लेखित व्यक्तिहरु यस्तो कार्यमा संलग्न हुन् वा होइनन् भन्ने कुरा बुझ्न फोन र म्यासेजका कल डिटेल्स हेर्नुपथ्र्यो ।

वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानुन जारी भइसकेको अवस्थामा उक्त कानुन जारी हुनुपूर्वजस्तो कल डिटेल्ससहित समाचार दिन तत्काल सम्भव भएन । तर, समाचारस्रोतको विश्वसनीयता र समाचारको सत्यतामाथि हामी दृढ छौँ । जनआस्था वर्तमान सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू र उहाँको सचिवालयका सबै सदस्यलाई सम्मान गर्छ । सुशासन र देश बिकासमा आफ्नो तर्फबाट सकेको सहयोग,समर्थन र सद्भाव पनि प्रकट गर्दछ । मुलुकको कार्यकारी निकायको अहित हुँदा वा त्यस निकायप्रतिको सम्मानमा ठेस पु¥याउँदा एउटा जिम्मेवार सञ्चारमाध्यमको हैसियतले जनआस्थालाई पनि दुःख लाग्छ । तर, त्यहाँभित्र देखिएका कतिपय विसंगत पाटोलाई समाचार बनाउने दायित्व निर्वाह गर्न पनि हामी पछि पदैनौँ ।

उक्त समाचार कसैप्रतिको आलोचना वा कसैको असुविधाका लागि नभएर प्रमज्यूको सचिवालयमा देखिएका त्रुटीहरु सच्चियुन् भन्ने मनसायले प्रकाशित भएको हो । समाचारमा उल्लेख भएजस्तो अन्तर्राष्ट्रिय आतंककारी समूहको चलखेल नेपालमा बढिरहेको पुष्टि प्रमज्यूको सचिवालयबाट विज्ञप्ति जारी हुँदाहुँदै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को घट्नाले पनि गर्दछ ।

१० गते अपराह्न त्यहाँबाट नक्कली भारुसहित केही व्यक्ति पक्राउ परेका छन् । त्यसैले विषयबस्तुको गहिराईमा जान र वास्तविकता पहिल्याउने काममा जनआस्थालाई सहयोग गर्न हामी सबैमा अनुरोध गर्दछौँ । अनि पत्रकारिता बिषयको प्राध्यापकसमेत रहनुभएका श्रीमान प्रेस सल्लाहकारज्यूलाई आफ्नो टिमलाई गलत बाटोतिर नलाग्न सल्लाह दिन र समाचार चित्तबुझ्दो नलागे खण्डनको बिधि पुर्याउन पनि अनुरोध छ १ प्रमज्यूको सचिवालयले चाहँदा तथ्य लुकाउन वा प्रकाशित विषयबारे फरक कुरा भन्न सक्छ ।

तर,जनआस्थाको समाचारप्रति खेद व्यक्त गर्नुभन्दा एउटा संवेदनशील तहका सदस्यहरुबाट भइरहेका गम्भीर त्रुटी सच्याउनु मुख्य दायित्व हो । हामीसँग यीबाहेकका अरु सन्दर्भ पनि उपलब्ध छन् । तर,कतिपय राष्ट्रय जीवनसँग सरोकार राख्ने संवेदनशील गोपनीयताहरु सुरक्षित राख्ने दायित्व सञ्चारमाध्यमको पनि हुन्छ ।

– विश्वमणि सुवेदी सहसम्पादक, जनआस्था साप्ताहिक

टिप्पणीहरू