​सहयोगमा कालो पोखिने सुर्ता

चिन्ताको विषय छ, कतै केही व्यापारीले कालो धन धुर्मुस सुन्तली फाउण्डेशनमार्फत लगानी गरी सेतो बनाउने प्रयास त गरिरहेका छैनन् ? खुशी र गर्वको कुरा हो चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै छन् धुर्मुस–सुन्तली । तर, यो अभियानमा हातेमालो गर्न आएका केही कम्पनी र व्यक्तिको विगत कोट्याउँदा टर्रो अनुभूति हुन्छ । जतिखेर धुर्मुस–सुन्तलीले यो अभियान घोषणा गर्दै थिए, त्यही कार्यक्रमबाटै तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा ग¥यो एस ट्राभलले । त्यहाँ उपस्थित कुमार थापा अल्का अस्पतालका मालिक पनि हुन्, जसले बचनबद्धताअनुसार २५ लाख सहयोग प्रदान गरिसकेका छन् ।

ठुल्ठूला व्यापारीले यसरी दिल खोलेर सामाजिक कर्ममा सहयोग गर्नु राम्रो पाटो हो । तर, कतै कालो धनलाई सेतो बनाउन धुुर्मुस–सुन्तलीजस्ता सामाजिक कर्ममा आफू सिद्धिएर अरूलाई बनाउन लागिपरेका हस्तीहरू उपयोग त भइरहेका छैनन् ? यो गम्भीर सवाल पनि हो । यतातिर धुर्मुस–सुन्तली चनाखो हुनु जरुरी छ । फाउण्डेशनलाई सहयोग गर्नेमध्येका एक व्यापारी बालिका बलात्कारको कसुरदारसमेत हुन् । यस्ता प्रसंग किन उठाइएको हो भने केही महिनाअघि मात्र त्यही ट्राभल्सले ४४ जना नेपालीलाई दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को लैजान लागेको फेला परेसँगै त्रिवि अध्यागमनले फिर्ता गरेको थियो । यसरी कागजपत्र बनाएर जनवरीको जाडोमा सर्वसाधारणलाई रुस लैजान खोज्ने ट्राभल एजेन्सी यस्तो पुण्य कर्ममा होमिएपछि प्रश्न उठ्न थालेको छ ।

यद्यपि, उसले आफ्नो बचनबद्धताअनुरूप सहयोग गरिसकेको छैन । हेर्न बाँकी छ, धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग घोषणा पनि कतै दिनबन्धु पोखरेलहरूले लगाएको सप्ताहमा झैं सहयोग गर्ने वचन दिने तर पछि गायब हुने परिपाटीअनुरुपको हुन्छ वा सहयोग जुट्छ ? धुुर्मुस सुन्तलीको यो पवित्र अभियानमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १६ हजार सहयोग गरेको बताइन्छ । शर्माले कविता शर्मासँग वैवाहिक सम्बन्धमा गाँसिएको १६ वर्ष पूरा भएको अवसरमा १६ हजार सहयोग गरेका हुन् । यस्तै यो कार्यका लागि गायक शिव परियारले ३० हजार दिएको फाउण्डेशनले जनाएको छ ।

रंगशाला निर्माणका लागि नेपाल होटल पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा २२ लाख ४० हजार ५ सय जुटेको छ । धुुर्मुसकै भाइ कुमार कट्टेलहरूको भद्रगोल टिमले २ सय भाग पूरा गरेको अवसरमा २ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको उसले जनाएको छ । सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ मलेसियामा आयोजना गरी फाउण्डेशनले ३५ लाख ७१ हजार सहयोग जुटाएको छ । तर, यी सहयोग रकम हालसम्म पनि वेबपेजमा सार्वजनिक भएको छैन ।

टिप्पणीहरू