पैसाले लौ न पा¥यो पिरलो

संगीतकार सुरेश अधिकारी र महेश खड्काहरूका कारण भाँडभैलो मच्चिएको छ, रोयल्टी संकलन समाजभित्र । संस्थाको खातामा हुनुपर्ने थियो १ करोड १४ लाख । तर, भेटियो यताउता ९१ लाख मात्र । २३ लाख रकम सुरेश अधिकारी अध्यक्ष रहे ६ वर्षसम्म । महेश खड्कालाई संस्था जिम्मा लगाउनुपूर्वको साधारणसभामा सदस्यहरूले हिसाब–किताब खोजेपछि भोलिपल्ट साधारणसभा  डाके ।

र, यो काण्डमा जो मुछिएका व्यक्तिलाई छानबिन समितिमा राखे । संयोजक तोकिए, अर्थ मन्त्रालयबाट रिटायर्ड भई हाल गीतकार समाजको अध्यक्ष रहेका चुडामणि देवकोटालाई । उनी राजधानीमा नभएको अवस्थामा । महेश खड्का र सुवास रेग्मीलाई सदस्य । तर, समिति बनेको महिना दिन हुन लाग्दासमेत मिटिङ बस्न सकेको छैन । स्रोतका अनुसार चुडामणिले चार्टर्ड एकाउन्टेन्ड एक जना र प्रतिलिपि रजिष्ट्रार कार्यालयका प्रतिनिधिलाई समेत संलग्न नगराएको खण्डमा समितिमा नबस्ने अडान राखेका छन् । यता, महेशले कान्छी पत्नी मीनाक्षी कोइरालालाई करार हुँदै अहिले सीईओ पदमा नियुक्त गरेसँगै संस्थाका सदस्य चिढिएका छन् । यसअघिका अध्यक्ष सुरेश अधिकारीले पनि कान्छी श्रीमती भिœयाएका थिए । नर्वे सरकारले झण्डै ४० लाख रुपैयाँ समाजलाई सहयोग गर्दै आएकोमा अपारदर्शी गतिविधि बढेको भन्दै सहयोग रोक्का गरिदिएको थियो । 

टिप्पणीहरू