चीनले गगनचुम्बी भवन नबनाउने

चीनले गगनचुम्बी भवन नबनाउने

चीनले साना तथा मझौला शहरहरूमा सुपर हाइ राइज बिल्डिङ (गगनचुम्बी भवन) नबनाउने भएको छ । ३० लाखभन्दा कम जनसंख्या भएका शहरहरूमा १ सय ५० मिटर अर्थात् ४ सय ९२ फिटभन्दा अग्ला भवनहरू निर्माण नगर्ने निर्णय गरेको हो ।

त्योभन्दा बढी जनसंख्या भएका शहरहरूमा पनि अबदेखि २ सय ५० मिटरभन्दा अग्ला भवनहरू बनाउन पाईंदैन । पाँच सय मिटरभन्दा अग्ला भवनमा यसअघि नै रोक लगाइएको छ ।

चीनको सांघाई र शेन्जेन शहरमा विश्वकै सबैभन्दा धेरै अग्ला घरहरु छन् । प्राप्त समाचारअनुसार धेरै जनसंख्या भएका ठूला शहरहरुमा मात्र ठूला र अग्ला भवन बनाइने छ ।

टिप्पणीहरू