​जिउँदो माछा पेटमा

एकजना ४५ वर्षीय चिनियाँ युवक पेट दुखेपछि ग्वाङझाउको जिनान युनिभर्सिटी अस्पताल पुगे । चिकित्सकले पेटमा दुईवटा जिउँदो माछा फेला पारे । चिनियाँले मदिरामा लठ्ठिएको बेला दुईवटा ससाना माछा गुदद्वारबाट भित्र छिराएको स्वीकारे । माछा आन्द्रामा चल्मलाउँदै पेटसम्म पुगिसकेको चिकित्सकले बताए । तत्कालै शल्यक्रिया गरी माछा झिके । माझाले आन्द्राको दुई ठाउँमा प्वाल पारिसकेको रहेछ ।

टिप्पणीहरू