आफ्नो मृत्युको तस्बिर आफैलाई घाँडो

आफ्नो मृत्युको तस्बिर आफैलाई घाँडो

आफूलाई स्मरण शक्तिका राजा अर्थात मेमोरी किङ्गको दाबी गरेर चर्चामा आएका विजय शाहीले आफ्नो मृत्युको झुटो खबर सामाजिक ञ्जालमा भाइरल बनाउनेलाई नछोड्ने चेतावनी दिएका छन् । आफूबारे गलत समाचार सम्प्रेषण गरिएको भन्दै उनले त्यस्तो समाचार दिनेलाई बाँकी नराख्ने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘मेरो मृत्युको भ्रामक समाचार प्रशारण गर्ने कसैलाई पनि छोड्दिन । म जीवितै छु । जिउँदो मान्छेलाई मारिँदो रहेछ सामाजिक सञ्जालमा । छि !! हामी कस्तो समाजमा छौँ’, उनले आक्रोश पोखेका छन् ।

‘मृत शरीर सुताएर राखिएको आफ्नो फोटो शेयर गर्दै उनले भनेका छन्,’यो फोटो कुनै एक्टिङका लागि लिइएको थियो ।’

मृत शरीर सुताएर राखिएको आफ्नो फोटो शेयर गर्दै उनले भनेका छन्,’यो फोटो कुनै एक्टिङका लागि लिइएको थियो ।’ यसअघि शाहीको मृत्यु भन्दै सामाजिक सञ्जालमा फोटोसहितका सामग्री भाइरल भएपछि प्रहरीले खोजी गर्दा शाही कालिकोटस्थित उनकै घरमा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए ।

सामान्य बिरामी भएर अस्पताल गएका शाही अहिले आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा छन् । कतिपयले भने शाही आफैंले आफ्नो मृत्युको हल्ला फैलाएको बताएका छन् ।

टिप्पणीहरू