आईटी आर्मी गठन,सामाजिक सञ्जालको प्रयोगमा सहजीकरण गर्ने दाबी

आईटी आर्मी गठन,सामाजिक सञ्जालको प्रयोगमा सहजीकरण गर्ने दाबी

प्रविधिको प्रयोग गर्न नजान्दा तथा यसको दुरुपयोग गर्दा धेरैले नसोचेको परिणाम र नोक्सानी व्यहोर्न परेको भन्दै आज आइटी आर्मी गठन गरिएको छ । देशब्यापी रुपमा काम गर्ने भन्दै चन्द्रभुषण साहको संयोजकत्वमा आर्मी गठन गरिएको बताइएको छ ।

संयोजक साहले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालको प्रयोगमा सहजीकरण गर्ने उद्देश्यले आईटी आर्मी गठन गरिएको उल्लेख छ । उनले श्रमजीवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय,सुशासन,सदाचार, स्थायित्व,सम्बृध्दि र विकाससहित समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्य राखेको बताएका छन् ।आईटी आर्मी सञ्चालन कार्यविधि २०७८ अनुसार चल्ने बताइएको आर्मीले समाजको विकृति, विसङ्गतिविरुद्ध जनचेतना अभिबृद्धि गर्ने,भ्रष्टाचार,कुशासन, अराजकता,दण्डहीनता, अस्थिरताविरुद्ध संघर्ष गर्ने, खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्नेलगायतका कार्य गर्ने प्रतिबद्धता उल्लेख गरेको छ ।

सांगठनिक संरचनाअनुसार १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, प्रदेशमा १ सय १ सदस्यीय प्रदेश कमिटी, ७५ वटा जिल्ला कमिटी, ५१ सदस्यीय निर्वाचन क्षेत्र कमिटी र ३३ सदस्यीय पालिका कमिटी रहने बताइएको छ ।

टिप्पणीहरू