मान्छे खाने खोला, बन्दैनन् पुल

मान्छे खाने खोला, बन्दैनन् पुल

मनसुन सक्रिय भएको छ । विगत वर्षभन्दा यस वर्ष धेरै पानी पर्ने प्रक्षेपण हुँदा नागरिकलाई सचेत बनाउनुपर्ने भए पनि पर्याप्त तयारी छैन । नागरिक गाउँघरका खोलामा बग्न थालेका छन् । एकै साता खानीखोलामा युवा र बेथान्चोकमा महिलालाई खोलाले बगाएको छ । पुल तथा अन्य पूर्वाधार निर्माण हुन नसक्दा हरेक वर्ष नागरिकले ज्यान गुमाउनुपरेको छ । स्थानीय, प्रदेश र संघ सरकारको प्राथमिकतामा परे पनि पुल निर्माण हुन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको छ । खानीखोलाले हरेक वर्ष नागरिक बगाउन थालेको छ ।

२०७७ वैशाखदेखि चैतसम्म जिल्लामा विभिन्न प्रकारका विपद भएका छन् । बाढीपहिरोमा तीनको निधन भएको छ । वर्षायाममा हुने अविरल वर्षाका कारण जिल्लाको बनेपा, मण्डनदेउपुर, भुम्लु, रोशी, तेमाल, महाभारत, बेथानचोक, खानीखोला र चौरीदेउराली गाउँपालिका प्रभावित भएका छन् । बाढी तथा पहिरोबाट बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिकामा तीन जना घाइते, तीन जनाको मानवीय क्षति (मृत्यु) भएको छ ।

बाढी पहिरोको कारण बेथानचोक गाउँपालिकामा गोठ ४ वटा, रोशी गापा–३ र ४ मा ४ घर, बनेपा, मण्डनदेउपुर तथा पनौती नगरपालिकामा समेत गरी ३२ घर पूर्णरूपमा क्षति भएको छ । ४ सय ५ घरपरिवार प्रभावित भएका छन् भने १३ चौपाया, ३ सयवटा कुखुरा, १३ हजार ५ सय बराबरको सार्वजनिक क्षति, कूल १ करोड ४३ लाख ८३ लाख बराबरको कृषि उपज, खानेपानी, पुलपुलेसा, सडक, शिक्षालगायत क्षेत्रमा समेत क्षति भएको छ ।

त्यस्तै, आगलागीबाट तीन जनाको मृत्यु भएको छ । सुख्खा मौसममा आगलागीको प्रकोप जिल्लाको अर्काे समस्या बनेको छ । जनचेतनाको कमी, बारी तथा ख¥यानको झ्यास (घु¥यान) डढाउने क्रममा जंगलमा आगो लगाउने, सलाई, चुरोट, बिँडीजस्ता प्रज्वलनशील पदार्थहरूको लापरवाही प्रयोग, करेण्ट सटको कारणले फागुनदेखि जेठसम्म आगलागीका घटना हुने गरेका छन् ।

कहिलेकाहीँ राम्रो घाँस र मलको आशमा जानीबुझी आगो लगाइदिने गतिविधिसमेत हुने गरेको छ । यस वर्ष १३ वटै स्थानीय तहमा भएका आगलागीको कारणबाट २ सय ३३ घरपरिवार पीडितका साथ सामुदायिक जगंलहरू नष्ट भएका छन् । जसमध्ये ३ जना मानिसको मृत्यु, ७ जना घाइते, चौपाया १४ घाइते, ४४ मृत्यु र २ सय ५० वटा कुखुरा मृत्यु भएको छ भने ३३ कच्ची घर, गोठ ४ र ३ टहरा, सामुदायिक वन २ हजार ६ सय ५८ रोपनी क्षति भएको छ । आगलागीबाट २ करोड ६५ लाख ९३ हजार ४ सय बराबरको धन सम्पत्ति क्षति भएको छ ।

त्यस्तै, विभिन्न घटनामा २९ जनाको निधन भएको छ । जिल्लामा करेन्ट, हावाहुरी, चट्याङको जोखिम छ । करेन्टको कारण जिल्लामा ३ जना घाइते २ जनाको मृत्यु भएको छ भने चट्याङबाट २ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने ११ घरपरिवार प्रभावित भएका छन् । वन्यजन्तुबाट ६ चौपायाको मृत्यु, ९५ हजार बराबरको क्षति, १४ घर परिवार प्रभावित भएका छन् भने पानीमा डुबेर १ जना घाइते, १२ जनाको मृत्यु भएको छ ।

बिपी तथा अरनिको राजमार्गमा हुने सवारीको चापले सडक दुर्घटना भई मृत्यु तथा घाइते हुने क्रम वृद्धि भएको पाइन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लामा वार्षिक सवारी दुर्घटनामा घाइतेको संख्या २ सय ७५ जना र सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ रहेको छ ।

टिप्पणीहरू