माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७

माछापुच्छ्रे बैंक लिमिटेडको रु.१,०००/– अङ्कित दरका ३०,००,०००/–कित्ता ऋणपत्र यहि मिति २०७८/०३/३१ गते बिहिबार देखि जारी गरेको छ । वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्रीप्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल रु. १ अर्व २० करोड ऋणपूजी रकम (५% अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्दहुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।

माछापुच्छ्रे  बैंक लिमिटेडको ऋणपत्रले  [ICRANPIRA-@ रेटिङ्ग प्राप्त गरेको छ । ICRA Nepal ले प्रदानगर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिम मुक्त बैंक रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितो पत्रबोर्डबाट आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्व माझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

टिप्पणीहरू