डुबेर र भीरबाट लडेर ३ जनाको मृत्यु

डुबेर र भीरबाट लडेर ३ जनाको मृत्यु

बर्दिया, झापा र सोलुखुम्बुमा डुबेर र लडेर तीन जनाले ज्यान गुमाएका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–४ का महेश थारुका छोरा १६ वर्षीय उत्तम थारु तथा झापाको गौरादह नगरपालिका–९ का ५२ वर्षीय दिलबहादुर गिरीको डुबेर मृत्यु भएको हो ।

थारुको घरबाट करिब ५ सय मिटर टाढा पानीको कुलोमा डुबेर बिहीबार मृत्यु भएको छ । बुधबार घरबाट भैँसी चराउन गएकोमा घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त कुलोमा उनको शव फेला परेको हो । त्यस्तै, गिरी आफ्नै घर नजिकैको नहरमा डुबेर बिहीबार मृत अवस्थामा फेला परेका थिए ।

उता, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२, खिमदेबु भीरबाट लडेर स्थानीय ६२ वर्षीय भैरवकुमार बस्नेतको बिहीबार बिहान मृत्यु भएको छ । घाँस काट्ने क्रममा चिप्लेर भीरबाट करिब १५ मिटर तल खसेर उनको मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू