कोटेश्वरमा तीन पूर्व प्रधानमन्त्रीको बैठक जारी
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले साँझ भेटवार्ता चलिरहेको छ ।
केही बेरअघि देउवा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाल निवास पुग्नुभएको थियो । लगत्तै अध्यक्ष दाहाल पनि त्यहाँ पुग्नुभएको छ ।
नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल भैरहेको बुझिएको छ ।
टिप्पणीहरू