ज्यानसम्बन्धी अपराध र भवितव्यका घटना बढे, बैशाखसम्म ३ हजार बढि मुद्दा दर्ता

ज्यानसम्बन्धी अपराध र भवितव्यका घटना बढे, बैशाखसम्म ३ हजार बढि मुद्दा दर्ता

चालु आर्थिक वर्षको बैशाखसम्म ज्यानसम्बन्धी घटना उच्च पाइएको छ । त्यसबीच सामाजिक अपराधका घटना पहिलो नम्बरमा र ज्यानसम्बन्धी घटना दोस्रो स्थानमा रहेको प्राप्त विवरणमा उल्लेख छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कलाई नियाल्दा उक्त अवधिमा मुलुकभर ज्यानसम्बन्धी कसुरका ६ हजार ४ सय ४० वटा मुद्दा दर्ता भएका छन् ।

तीमध्ये भवितव्य ज्यानका ३ हजार ६ सय ७६ तथा अन्य १ हजार १ सय २०, ज्यान मार्ने उद्योगका ८ सय ९३, कर्तव्य ज्यानका ५ सय ७५, आत्महत्या गर्न दुरुत्साहन गर्ने १ सय ३५,गर्भ संरक्षणविरुध्दको कसुरमा २४,गौवध १६,खून डाँकासम्बन्धी १ रहेको पाइएको छ । तर सो अवधिमा बिष खुवाएर मारिएको घटना भने शून्य छ ।

सोही तथ्याङ्कलाई प्रदेश, उपत्यका र ब्युरोगत रुपमा हेर्दा प्रदेश नम्बर १ मा सर्वाधिक १ हजार १ सय ७४,लुम्बिनीमा १ हजार १ सय २६, प्रदेश २ मा १ हजार २५, बाग्मतीमा ८ सय ३६, उपत्यकामा ७ सय ६६, गण्डकीमा ६ सय १८,सुदूर पश्चिममा ५ सय ४०, कर्णालीमा ३ सय ५५ वटा मुद्दा दर्ता भएका छन् ।

टिप्पणीहरू