भोलि साँझ फेरि प्रतिनिधिसभा विघटन हुनसक्ने
क्याबिनेटले आज गरेको निर्णय र सिफारिशमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न २४ घण्टे म्याद दिएपछि भोलि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने सम्भावना देखिएको छ ।
आजको भोलि २४ घण्टा नबित्दै संविधानको एउटा धाराबाट अर्को धारामा जम्प गरेर नयाँ सरकार गठन गर्न व्यवहारतः १२ घण्टाको समय दिइएको छ । अहिले राती त्यो काम नहुने भएपछि भोलि दिनभरमा वैकल्पिक सरकारमा दावी प्रस्तुत हुने सम्भावनै देखिँदैन ।
यता भोलि नै विश्वासको मतको लागि रातभरिमा कसैले दाबी गर्न नसक्ने ठोकुवाका साथ त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको रोडम्याप स्पष्ट हुँदै गएको छ । स्रोत भन्छ ‘भोलि साँझ प्रतिनिधिसभा विघटन हुन सक्छ । अनि १५ गते अध्यादेशबाट बजेट आउँछ ।’
संविधानको धारा ७६ (१) देखि ७६ (५) सम्मको सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पदबाट राजीनामा दिनुभएको छैन । शीतल निवासले पनि यसवारे बोलेको देखिँदैन । यी सबै गतिविधिले संविधानमा लेखिएका धारा सबै सुख्खायामका ढुंगेधाराभन्दा फरक नदेखिएको एकजना राजनीतिक विश्लेषकले बताएका छन् ।
टिप्पणीहरू