कोरोनाले प्रहरी हायलकायल

कोरोनाले प्रहरी हायलकायल

काठमाडौं उपत्यका कोरोना महामारीको उच्च जोखिममा परेको समाचार बाहिरिएको बेला प्रहरी हेडक्वार्टर नक्सालमा भने आज सयौं प्रहरीलाई एकै ठाउँ उभ्याइएको छ ।

निरीक्षण भन्दै हेडक्वार्टरमा ठूलै परेड आयोजना गरिएको स्रोतले बताएको छ । प्रशासनतर्फका अतिरिक्त प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले कोरोनाको ब्रिफ लिने भन्दै आजको कार्यक्रम आयोजना गरिएको हो । स्रोत भन्छ-सबैलाई कार्यस्थलमा मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ । अवस्था भयावह नहोस् भन्ने उद्देश्यले सजगता अपनाउन र त्यहि मेसोमा आन्तरिक निरीक्षणसमेत गरिएको स्रोतको दाबी छ । यस्तै परेड कार्य तथा अपराध अनुसन्धान विभागले पनि छुट्टै गराएको थियो ।

टिप्पणीहरू