महिलातिर पनि समानान्तर भेला

महिलातिर पनि समानान्तर भेला

वडास्तरसम्म समानान्तर कमिटी गठनको अभियान थालेको नेकपा एमालेको माधव नेपाल पक्षधर अखिल नेपाल महिला संघले प्रदेशस्तरीय कार्यकर्ता भेला गरेको छ ।

हिजो सोमबार प्रदेश नं–२ को भेलालाई बरिष्ठ नेता माधव नेपाल,स्थायी कमिटी सदस्य तथा प्रदेश २ का ईन्चार्ज घनश्याम भुसाल,नेताहरु नागेन्द्र चौधरी,रामप्रित पासवान,धर्मनाथ साहलगायतले सम्बोधन गरेका थिए ।

भेलामा नेताहरु शत्रुघन महतो, रामचन्द्र यादव,रामचन्द्र साह, लक्ष्मण पौडेल,दिनेश राई,यदुवंश झा,रत्नेश्वर गोईत,श्रीप्रसाद साह, सुधीर साह,सरला यादवलगायतको उपस्थिति रहेको बताइएको छ ।

संघकी अध्यक्ष जयन्ती राईको सभापतित्वमा सम्पन्न भेलामा १२ सय भन्दाबढी महिला नेता र कार्यकर्ताको उपस्थिति थियो ।

टिप्पणीहरू