जनकपुरमा पनि एमालेको समानान्तर भेला
आज जनकपुरमा एमालेको अखिल नेपाल महिला संघको प्रदेशस्तरीय बृहद् महिला कार्यकर्ता भेला सम्पन्न भएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भएको भेलामा उपमहासचिव घनश्याम भुसाल, संघकी अध्यक्ष जयन्ती राईलगायतका नेताहरुको उपस्थिति थियो ।
१२ सयभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा पार्टीका अन्य केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरु नागेन्द्र चौधरी, रामप्रित पासवान, धर्मनाथ साह, शत्रुघ्न महतो, रामचन्द्र यादव, रामचन्द्र साह, लक्ष्मण पौडेल, दिनेश राई, यदुवंश झा, रत्नेश्वर गोईत, श्रीप्रसाद साह, सुधीर साह, सरला यादवको पनि उपस्थिति थियो ।
टिप्पणीहरू