विमानस्थलमा एक केजी सुनसहित पक्राउ

विमानस्थलमा एक केजी सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक युवक पक्राउ परेका छन् ।

मंगलबार राति विमानस्थलस्थित भन्सारबाट करिब ८८४.४५० ग्राम सुनजस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुनजस्तो देखिने एक थान बालासहित धनुषाका ३४ वर्षीय प्रकाश महरालाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

फ्लाई दुबईको उडानबाट विमानस्थलमा उत्रिएका महरालाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको धातु फेला परेको बताइएको छ । महरा यूएईको दुबईबाट आएको खुलेको छ । उनलाई आगमन कक्षको भन्सार एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु र बालासहित फेला पारी प्रहरीले पक्राउ गरेको बताईएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाए पनि विमानस्थल प्रशासनले भने अनभिज्ञता प्रकट गरेको छ ।

टिप्पणीहरू