लागुऔषधसहित दुई युवा प्रकाउ

लागुऔषधसहित दुई युवा प्रकाउ

प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । शुक्रबार नियमित चेकजाँचको क्रममा नागढुङ्गा प्रहरीले यात्रुबाहक बसमा लुकाई छिपाई ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडौ आउँदै गरेको ना७ख ५३४६ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान चेकजाँच गर्दा कलैया उपमहानगरपालिका–२७ का १९ वर्षीय आजाद अन्सारी र पर्साको पकाहमैनपुरका १९ वर्षीय अमित कुमार चौरासिया लागुऔषधसहित प्रकाउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नुफिन ६ सय एम्पुल, डाईजापाम ५ सय एम्पुल र फेनरागन ६ सय एम्पुल गरी जम्मा १७ सय एम्पुल लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत थानकोटमा राखिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू