प्रधानमन्त्री पक्षधर उद्योगी तथा व्यवसायीहरूको राष्ट्रिय भेला शुरु
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको आयोजनामा उद्योगी तथा व्यवसायीहरूको राष्ट्रिय भेला राजधानीमा शुरु भएको छ ।
‘जिम्मेवार व्यवसाय,विकास र सम्वृद्विमा हाम्रो प्रतिबद्धता, लगानीको सुनिश्चितता र रोजगारीको सृजना आजको आवश्यकता’ भन्ने नारासहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भेला शुरु भएको हो ।
अधिकांश मन्त्रीको उपस्थिति रहेको उक्त भेलामा गण्डकी प्रदेशसभा सदस्य तथा निर्यात व्यवसायी संघका अध्यक्ष रामबहादुर गुरुङ,बाग्मती प्रदेश आयोगका अध्यक्ष श्याम श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष बलराम भट्टराई,पर्यटन व्यवसायी संघका अध्यक्ष सीताराम सापकोटा,व्यवसायी उद्योग संघका अध्यक्ष यज्ञ भट्टराईलगायत राजनीतिक तथा व्यवसायीहरूको उपस्थिति देखिन्छ ।
कोरोनाका कारण लामो समयसम्म थलिएको उद्योग तथा व्यवसायलाई उकास्न भेलाले महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ ।
टिप्पणीहरू