सबै श्रेणीहरू

सिकिस्त अनसनकारीसँग वार्ताकाे तयारी

सिकिस्त अनसनकारीसँग वार्ताकाे तयारी

काठमाडौंको माइतीघर मण्डलामा अनसनरत अजय सोडारीसँग वार्ता गर्न समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना र सहसचिव हेमराज अर्याल पनि छन् । जेनजी आन्दोलनका बन्दीलाई रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकारलगायतको माग राख्दै दश दिनदेखि सोडारी अनशनरत छन् । 

उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै हिजो राष्ट्रिय मानव अधिकार आयोगले जीवन रक्षाका निम्ति सरकारको ध्यानाकर्षणसमेत गराएको थियो । आयोगका अनुसार सोडारीको रक्तचाप र पल्सरेट कम रहेकोले स्लाइनपानी दिइरहेको छ ।