सबै श्रेणीहरू

लभ रियाक्ट गर्ने जम्मै बिदेशी

लभ रियाक्ट गर्ने जम्मै बिदेशी

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा लागेका छन् । घर दैलोसँगै सामाजिक सञ्जालमार्फत तीव्र प्रचार प्रसार भइरहेको छ । उम्मेदवारहरुले सामाजिक सञ्जालबाट निर्वाचन सामग्री सेयर गरिरहेका छन् । 

आफ्नो सेयरमा धेरै रियाक्सन देखाउनका लागि उम्मेदवारहरुले धमाधम रियाक्सन किन्न थालेका छन् । त्यसो गर्नेमा ‘जान्नेलाई छान्ने’ पार्टीका उम्मेदवार पनि  छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार राजीव खत्रीले लभ रियाक्सन किनेको पाइएको छ ।

१४ हजार लभ रियाक्ट,चार हजार दुई सय लाइक रहेको छ । रोचक प्रसंग के भने, लभ रियाक्ट गर्ने सबै विदेशी नागरिक हुन् ।

उनले जनवरी २३ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेका समर्थकहरुका चरित्र’ भन्दै एउटा पोष्ट गरेका थिए । त्यसमा १८ हजार बढी रियाक्सन आएको छ । जसमा १४ हजार लभ रियाक्ट,चार हजार दुई सय लाइक रहेको छ । रोचक प्रसंग के भने, लभ रियाक्ट गर्ने सबै विदेशी नागरिक हुन् । 

उनीहरुको फेसबुक पेजमा एक सय जनाभन्दा कम साथी छन् । त्यसैगरी, आम जनता पार्टी (आजपा) की उपाध्यक्ष एलिजा गौतमले पनि आफ्नो पोष्टमा फेक लभ रियाक्ट गराउँदै आएकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सूर्य तामाडले जनतालाई बेवकुफ बनाएको भन्दै आक्रोश पोखेका छन् । 

उनले लेखेका छन्,‘घण्टे नेता राजीव खत्रीको पोष्टमा लभ रियाक्ट गर्ने यिनीहरु को हुन् ? नेपाली त पक्कै होइनन् । यिनीहरुको पोष्टमा झण्डै सात सय प्रतिशतभन्दा धेरै यस्तो व्यक्तिहरुले लाइक गर्छन् । लाइक पनि खरिद गरेर जनतालाई बेवकुफ बनाइरहेका छन् यी चोर झ्याक्ने घण्टेहरुले ।’

तिलक मगरले विदेशी मतदाता लिएको भन्दै व्यङ्ग्य गरेका छन् । ‘मतदाताहरु विदेशबाट लिएको’,उनको भनाइ छ ।