रेडक्रसमा निमित्तको जिम्मेवारी गैरकानुनी ठहर

रेडक्रसमा निमित्तको जिम्मेवारी गैरकानुनी ठहर

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीकी निर्देशक मोना अर्याललाई दिइएको निमित्तको जिम्मेवारी गैरकानुनी ठहर्‍याएकाे छ । निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीलाई गैरकानुनी ठहर्‍याउँदै प्रशासनले उनले पाएको पत्र स्वतः निष्क्रिय भएको जनाएको छ । 

‘कुनै व्यक्ति वा कार्यसमितिका पदाधिकारीबाट भनी तपाईँका नाममा जिम्मेवारी दिइएको पत्र स्वतः निष्क्रिय एवं गैरकानुनी भएको समेत जानकारी गराउँदछु’,पत्रमा भनिएको छ । प्रशासनले अर्को व्यवस्था नभएसम्मका लागि दैनिक प्रशासकीय काम गर्ने जिम्मेवारी अर्याललाई दिएको छ । कानुनको अधिनमा रहेर ती जिम्मेवारी पुरा गर्न प्रशासनले भनेको छ । 

अगाडि लेखिएको छ,‘अर्को व्यवस्था नभएसम्मका लागि दैनिक सम्पादन गरिने प्रशासनिक,आर्थिक,रक्त सञ्चार एवं विभिन्न जिल्लामा सञ्चालित परियोजना तथा गोदामघर व्यवस्था र पानी,टेलिफोन, विद्युतको महसुल भुक्तानी गर्नेजस्ता अति आवश्यकीय दैनिक प्रशासनिक एवं व्यवस्थापकीय कार्यहरु गर्न तपाईँलाई जिम्मेवारी तोकिएको छ ।’

मानवीय सेवाका लागि स्थापित रेडक्रस सोसाइटी राजनीतिक हस्तक्षेपका कारण लथालिङ्ग अवस्थामा पुगेको छ ।

टिप्पणीहरू