‘एनसेल एप’ को डाउनलोड १ करोड नाघेपछि उत्सव

‘एनसेल एप’ को डाउनलोड १ करोड नाघेपछि उत्सव

दूरसञ्चार सेवाप्रदायक एनसेलको लोकप्रिय सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ ले नेपालमा एक करोड डाउनलोडको ठूलो उपलब्धि हासिल गरेको छ । 

डिजिटल सेवामा सहजता र भरपर्दो अनुभव दिने लक्ष्य राखेर तयार पारिएको यो एप नेपाली प्रयोगकर्ताहरुको पहिलो रोजाई बन्दै गएको यसले पुष्टि गरेको छ । 

एनसेल एपमार्फत ग्राहकले कोडबिनै डायल वा एनसेल सेन्टर जान, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, उजुरी दर्ता, अनलाइन–अफलाइन गेम खेल्न र सेवा सक्रिय–निष्क्रिय गर्ने सुविधा सहज रूपमा लिन सक्छन् । 

आफ्नो एपको एक करोड डाउनलोड पुगेको अवसरमा एनसेलले दश दिने उत्सवको घोषणा गरेको छ । जसअनुसार दश दिन दश जना भाग्यशाली ग्राहकले १० जीबी अल टाइम डेटा पाउनेछन् । 

नयाँ ग्राहक वा एपमार्फत प्याक खरिद गर्नेहरुले पनि डेटा जित्न सक्नेछन् । एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ ।

विदेशमा रहेका नेपाली कामदार र यात्रुले पनि यो एपमार्फत रोमिङ्मा सजिलै रिचार्ज गर्न र प्याक किन्नसक्ने सुविधा उपलब्ध छ । ग्राहकहरुले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

टिप्पणीहरू