यसबीच, एमालेमा नेतृत्व परिवर्तनको आवाज बुलन्द

यसबीच, एमालेमा नेतृत्व परिवर्तनको आवाज बुलन्द

आगामी ११ औं महाधिवेशनलाई लक्षित गर्दै नेकपा एमालेभित्रको शक्ति–सन्तुलन र ध्रुवीकरण तीब्र बन्दै गएको छ। निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको विश्लेषणले पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह विभिन्न प्रदेशमा सशक्त रूपमा देखाएको छ । बागमती प्रदेशमा चुनिएका पोखरेल पक्षको प्रभाव बहुमत–नजिक रहेको बताइन्छ। 

पूर्वका जिल्लाहरूबाट पनि ‘राम्रै स्थितिमा’ रहेको संकेत आउने क्रम बढेको छ। तर, अध्यक्ष केपी शर्मा ओली समूह महाधिवेशनमा जनवर्गीय संगठन र मनोनीत कोटाबाट प्रतिनिधि तानेर बहुमतको रणनीतिमा सक्रिय भएपछि थप आशंका बढेको हो । उपत्यकाबाट समेत पोखरेलको पक्षमा माहौल बनेपछि पछिल्लो रणनीतिमा नेतृत्व देखापरेको धेरैको बुझाइ छ ।

भक्तपुरमा ओलीका अतिप्रिय महेश बस्नेत स्वयम् महाधिवेशन प्रतिनिधिमा हार्ने अवस्था देखिएपछि अन्ततः व्यापक सहमतिको मोडेल अघि सारिएको थियो । ओलीविरुद्ध उभिएको नेतृत्व पक्ष थप आक्रामक ढंगले अघि बढेको भए अझ निर्णायक परिणाम आउने अवस्था देखिएको बताउँदै एकजना केन्द्रीय सदस्य भन्छन्, ‘धेरैजसोले धारणा सार्वजनिक गरिसकेका छन्, सीमित केही खुल्न बाँकी छ ।’ 

"हिजो काठमाडौंमा सम्पन्न महाधिवेशन प्रतिनिधिहरुको भेलामा धेरैजसोले नेतृत्व परिवर्तनको माग राखेका छन् । ४६ प्रतिनिधिमध्ये करिब ३२ देखि ३५ जना पोखरेल पक्षमा देखिइसकेको एकजना सहभागीले बताए । "

यसबीच, हिजो काठमाडौंमा सम्पन्न महाधिवेशन प्रतिनिधिहरुको भेलामा धेरैजसोले खुला रूपमा नेतृत्व परिवर्तनको माग राखेका छन् । ४६ प्रतिनिधिमध्ये करिब ३२ देखि ३५ जना पोखरेल पक्षमा देखिइसकेको एकजना सहभागीले बताए । 

अन्यत्रका खुलिसकेका छन् भने कर्णाली प्रदेशका प्रतिनिधिहरू अझै स्पष्ट रूपमा नखुलेको बताइन्छ । पोखरेलले आक्रामक कार्यक्रम र स्पष्ट योजना पेश गरेको अवस्थामा कर्णालीबाट पनि ठूलो समर्थन हुने अनुमान गरिएको छ।


 

टिप्पणीहरू