हाम्रो पार्टी र उज्यालोले दियो टिकट बाँड्ने अधिकार

हाम्रो पार्टी र उज्यालोले दियो टिकट बाँड्ने अधिकार

हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टीले दलको उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारी तोकेको छ । 

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरिने उम्मेदवारको औपचारिक पत्र प्रदान गर्न दुवै पार्टीले पदाधिकारी तोकेको हो । 

जसअनुसार हाम्रो पार्टी नेपालले अध्यक्ष खगेन्द्र सुनार र उज्यालो पार्टी नेपालले अध्यक्ष अनुपकुमार उपाध्यायलाई तोकेको छ । सोहीबमोजिम दुवै पार्टीले आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

हाम्रो पार्टी नेपालका तर्फबाट सदस्य दधिराज परियार र उज्यालो पार्टी नेपालका तर्फबाट सदस्य जितराम लामाले आयोगमा निवेदन पेश गरेका छन् । 

उज्यालो नेपाल पार्टीमा वर्तमान सरकारमा ऊर्जा र शहरी विकासमन्त्री रहेका कुलमान घिसिङको साथ रहेको छ । उज्यालो, हाम्रो पार्टी र रेञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता प्रक्रिया अन्तिम चरणमा छ ।

टिप्पणीहरू