सरकारी भवन तोडफोडमा संलग्न अर्का एक जना समातिए

सरकारी भवन तोडफोडमा संलग्न अर्का एक जना समातिए

भदौ २४ गतेको जेनजी विध्वंशका क्रममा सरकारी भवन तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका–१३ स्थित कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी भवन तोडफोडमा संलग्नलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा टंकेश्वर बस्ने ४३ वर्षीय राजेन्द्र श्रेष्ठ रहेका छन् । 

उनीमाथि ‘अपराधिक उपद्रवसम्बन्धी कसुरमा’ अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले बताए । 

भदौ २४ गते सरकारी तथा निजी भवनमा तोडफोड र आगजनी गर्नेलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ । हालसम्म चार सय बढीलाई प्रहरीले पक्राउ गरिसकेको ्

टिप्पणीहरू