सिरहाको एम्बुलेन्स मोरङको सिमाक्षेत्रमा ३३ केजी गाँजा सहित करयाप्प
मधेश प्रदेशको सिरहा जिल्लाको नम्बर भएको एम्बुलेन्स मोरङको दक्षिण भारतीय सिमावर्ती क्षेत्रबाट गाँजा सहित करयाप्प भएको छ ।
मोरङ प्रहरीले बुधबार राती दशबजे सिमावर्ती जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट सिरहाको स १ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँगर्दा भारततर्फ तस्करी गर्न लागेको ३३ केजी ६१० किलोग्राम गाँजा सहित दुई जनालाई करयाप्प पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई मोेटरसाइलमा स्किटिङ गरेर अगाडि अघि लैजाने को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ हामिबन्दा बस्ने ३२ वर्षीय मदनलाल राजवंशी रहेका छन । मोरङ प्रहरीले बुधबार साँझ नै करिब ६ बजतिर विराटनगर–५ पुलचोक नजिकको हुलाकी सडकमा भारतीय नम्बरको स्कुटर सहित ५३ ग्राम खैरो हिरोइन सहित सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का १९ वर्षीय बिकास कुमार यादव र भारत बिहार, पुर्णिय जिल्ला भीमनगरपुरका १९ वर्षीय कृष्ण कुमार देवलाई पक्राउ गरेको छ ।
कोशी प्रदेशको पहाडी जिल्ला धनकुटा र उदयपुर लगायतका जिल्लामा अबैध रुपमा उत्पादन हुदै आएको गाँजा भारततर्फ विभिन्न उपाय अपनाएर तस्करीहुदै आएको छ । यसैगरि भारतको विहार र वंगाल राज्यको सिमावर्ती जिल्लाहरुबाट नेपालतर्फ ब्राउनसुगर र खैरो हेरोइन ओसारपसार हुनेगरेको छ ।
टिप्पणीहरू