हिमालमा स्वास्थ्य शिविर, चिनियाँसमेत लाभान्वित

हिमालमा स्वास्थ्य शिविर, चिनियाँसमेत लाभान्वित

सशस्त्र प्रहरी बल, नेपालद्वारा मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका–४ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

नेपाल–चीन सीमा क्षेत्रका स्थानीयलाई मध्यनजर गर्दै सञ्चालित उक्त स्वास्थ्य शिविरबाट एक सय ३९ जना लाभान्वित भएको सशस्त्रले जनाएको छ । 

शिविरमा आन्तरिक पर्यटक र चिनियाँ नागरिकको पनि निःशुल्क स्वास्थ्य जाँचसँगै औषधि वितरण गरिएको थियो । सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत गण नम्बर ३३, गुल्म मुस्ताङ र नेपाल एपिएफ मुक्तिनाथ फिल्ड अस्पताल पोखराको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

 

टिप्पणीहरू