जेन जी आन्दोलनमा मूर्ति चोर्ने ठिटा पक्राउ
भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशको मौका छोपेर चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।
प्रहरी वृत्त,नयाँ बानेश्वरले चितवनको कालिका नगरपालिका–६, टाँडी घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६, च्यासिन टोल बस्ने २९ वर्षीय विजय लामालाई नियन्त्रणमा लिएको हो ।
उनले आन्दोलनको क्रममा बुद्धमूर्ति, गणेशमूर्ति,गणेशको मूर्ति अंकित शंख, सिङगिङ बल र आइफोन प्रोम्याक्स १४ एक–एक थान चोरी गरेका थिए ।
टिप्पणीहरू