नेपालगञ्जका होटलमा हाइप्रोफाइल जुवाडे,दर्जनौं नाङ्गै

नेपालगञ्जका होटलमा हाइप्रोफाइल जुवाडे,दर्जनौं नाङ्गै

नेपालगञ्जको होटलमा जुवा खेल्दाखेल्दै केही समातिएको पर्सिपल्ट ४५ जनालाई प्रहरीले आपत्तिजनक अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार १४ जना जुवाडेको साथबाट १३ लाख नगदसमेत बरामद गरेको थियो । 

अस्ति साँझ स्थानीय चार वटा होटलमा ४५ जना महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिइएको बुझिएको छ । अनैतिक कार्य भइरहेको गोप्य सूचना पाएपछि मिलन कटेज, दङ्गाली होटल, भेरी कर्णाली होटल र रिभर साइड होटलमा प्रहरी टोली पुग्दा ३१ जना महिला र १४ जना पुरुष कोठाभित्रै आपत्तिजनक अवस्थामा भेटिएका थिए । 

पुरुष अधिकांश भारतीय भएको बताइन्छ ।

टिप्पणीहरू