गोलभेडा खेतीमा उच्च प्रविधि, ७० देशमा चीनको निर्यात
चीनको उत्तरपश्चिममा रहेको सिन्जियाङ युगुर स्वायत्त क्षेत्र अहिले गोलभेडा उत्पादनको प्रमुख केन्द्र बनेको छ । उपयुक्त मौसम, तापक्रम र वातावरणका कारण सो क्षेत्र गोलभेडा उत्पादनको लागि विशेष बनेको बताइन्छ ।
गत वर्ष सिन्जियाङमा ८० हजार हेक्टरभन्दा बढी जमिनमा गोलभेडा खेती गरिएको थियो । यहाँका सम्पूर्ण गोलभेडा प्रशोधन उद्योग पूर्णरूपमा यान्त्रिकीकरण भइसकेको छ ।
यान्छी काउन्टीका खेतमा मेशिन तथा अत्याधुनिक उपकरणहरु गोलभेडा संकलनमा प्रयोग गरिएको देखिन्छ । एक जना किसानले मेशिनले पाकेको गोलभेडा मात्रै टिप्नेबारे प्राविधिक रुपमा उल्लेख गर्दै भने, ‘मेशिनभित्र विशेष लेजर चयन उपकरण हुन्छ, जसले गोलभेडा रातो हो वा हरियो भनेर छुट्याउँछ । मापदण्डभित्र नपरेको गोलभेडा तुरुन्तै बाहिर निकालिन्छ ।’
सिन्जियाङमा अहिले २०० भन्दा बढी कम्पनीहरूले गोलभेडाजन्य उत्पादन गर्छन् । विशेषगरी सस, जुस, बीउको तेल र ल्याइकोपेन (छालासम्बन्धी सौन्दर्य सामग्रीमा प्रयोग हुने शक्तिशाली एन्टिअक्सिडेन्ट) उत्पादन गरिन्छ ।
सरकारी तथ्यांकअनुसार सिन्जियाङमा उत्पादन भएका गोलभेडाजन्य वस्तुहरू हाल ७० भन्दा बढी देश र क्षेत्रमा निर्यात हुने गरेको छ ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू