चार जनाको मृत्युपछि लद्दाख तनावग्रस्त, यताकाे नक्कल गरिएको भारतीय प्रचार
भारतको लद्दाखमा स्वायत्त राज्यको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । सो क्रममा चार जनाको मृत्यु र ७४ भन्दा बढी घाइते भएको बताइन्छ ।
सन् २०१९ मा त्यहाँको सरकारले अनुच्छेद ३७० र अनुसूची ३५ (क) खारेज गर्दै जम्मू कश्मिर र लद्दाखलाई दुई केन्द्रशासित प्रदेश बनाएको थियो । तर स्थानीले भने लद्दाखलाई नयाँ दिल्लीबाटै चलाउन खोजिएको भन्दै असहमति जनाउँदै आएका छन् ।
संविधानको अनुसूची ६ अनुसार स्थानीय नागरिकलाई भूमि, रोजगारी, कृषि, भाषा र संस्कृति लगायतमा विशेष अधिकार कायम गर्नुपर्ने उनीहरुको माग छ । उक्त मुद्दालाई उठाएर आज युवाहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयमा र केही सवारी साधनमा आगजनी गरेका छन् । कतिपयले यसलाई नेपालमा भएको जेन जी प्रदर्शनसँग पनि तुलना गरिरहेका छन् । भदौ २३ को प्रदर्शन र २४ गतेको ध्वंस लद्दाखमा सरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
टिप्पणीहरू