फोटो र भिडियो हेर्दै विध्वंसककारीहरु समातिँदै

फोटो र भिडियो हेर्दै विध्वंसककारीहरु समातिँदै

प्रहरीले विभिन्न सामाजिक सञ्जालमा अपलोड गरिएका फोटो र भिडियोका आधारमा भदौ २४ गतेको लुटपाट र आगजनीका "हिरो"हरुलाई धमाधम समात्न थालेको छ । काठमाडौं र ललितपुरमा भएका आगजनी र तोडफोडमा संलग्नमध्ये थप तीन जना नियन्त्रणमा आएका छन्  ।

ललितपुरको कुपण्डोलस्थित हनुमानस्थान प्रहरी चौकीमा तोडफोड र आगजनी गरेर प्रहरीको पोशाक, हतियार तथा खाद्यान्न सामग्री लुटपाट  गर्नेमध्ये दुई जनालाई हिजो पक्राउ परे । सानेपा बस्ने २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका–९ घर भई हाल ललितपुर कुपण्डोल बस्ने २४ वर्षीय धीरेन्द्र चन्द विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा अपलोड गरेका फोटो र भिडियोका आधारमा पक्राउ परेका हुन् । 

त्यस्तै, कालिमाटीस्थित प्रहरी वृत्त जलाएको अभियोगमा काठमाडौं महानगरपालिका–१३ घर भएका सचिन खड्का पक्राउ परेका छन् । ती सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू