यताको ‘लभ’ उता ‘ब्रेकअप’

यताको ‘लभ’ उता ‘ब्रेकअप’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई ‘गुप्त गेम’ नखेल्न चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् देश रोइरहेको बेला बालेन हाँसिरहेको टिप्पणी गरेका हुन् । 

एक हप्ताअघि काठमाडौँ आएर अन्तरिम सरकारमा सहभागी हुन लामो दौडधुप गरेका साम्पाङ कसैले नपत्याएपछि अहिले रिसाएर धरान फर्किसकेको अवस्था छ । उनलाई फकाउन बालेनले दिउँसो ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन, एकतर्फी नै सही, तर मेरो माया साँचो हो’ भनेका थिए । 

त्यसमा जवाफ दिँदै साम्पाङले लुकिछिपीको खेल बन्द गर्न भनेका हुन् । ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ’, उनले जवाफ फर्काएका छन्, ‘देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला उ हाँस्दै बसेको छ !’

टिप्पणीहरू