राजधानीमा एकाएक नक्कली र बेढंगी नोटको बिगबिगी

राजधानीमा एकाएक नक्कली र बेढंगी नोटको बिगबिगी

हालैको अशान्ति र तोडफोडपछि सहरी क्षेत्रमा ठूला दरका नक्कली नोट भेटिन थालेका छन् । कतिपय पसल र बैंक शाखामा त्यस्ता नोटसँगै फरक फरक आधा भाग जोडिएका नोट पनि पाइएको बताइन्छ ।

सर्वसाधारणले यसतर्फ सतर्कता अपनाउनुपर्ने भएको छ । आन्दोलनका क्रममा लुटिएका, च्यातिएका र डढेका नोटहरुको दुई भाग जोडेर बजारमा पुर्याइएको नोटको संख्या बढी देखिएको व्यापारीहरु बताउँछन् ।

टिप्पणीहरू