रविलाई नख्खूको पुरानै सिआरसी ब्लक

रविलाई नख्खूको पुरानै सिआरसी ब्लक

सहकारी ठगी मुद्दामा अभियुक्त रहेका रास्वपा सभापति रवि लामिछाने नख्खू कारागार फर्किएका छन् । कारागार प्रशासनका अनुसार भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा उत्तेजित भीड जम्मा पारेर जेलबाट निस्किएका लामिछानेलाई प्रशासनले सबै कैदीबन्दीसहित पुनः कारागारमा फर्कन हिजो सार्वजनिक सूचना जारी गरेको थियो ।

सोही क्रममा उनी आज साँझ ५ बजेर २० मीनेटमा पत्नी निकिता पौडेल र स्वकीय सचिव दीपक बोहरासँगै नख्खू कारागारको मूल ढोकामा पुगेका थिए । जेलका अधिकारीहरूले लामिछानेलाई यसअघि नै राखिएको सिआरसी ब्लक छुट्टाइएको जनाएका छन् ।

टिप्पणीहरू