जेलबाट भागेका विदेशीले गरे आत्महत्या
जेन–जी प्रदर्शनका क्रममा जेलबाट भागेका एक विदेशी नागरिकले गेष्ट हाउसबाट हामफालेर ज्यान गुमाएका छन् । उनी पुनः प्रहरी फन्दामा पर्ने डरले हामफालेको बताइन्छ ।
आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास्थित सेन्ट्रल जेलबाट भागेका उनी आफू बस्दै आएको गेष्ट हाउसमा प्रहरी पुगेपछि हामफालेका हुन् । प्रहरीका अनुसार ७३ वर्षीय दक्षिण अफ्रिकाका हेनरिकस एड्रियनस लोसफस जेलबाट भागेपछि उनी सुन्धाराकै सुविधा गेष्ट हाउसमा बसेका थिए ।
आज बिहान प्रहरीको टोली त्यहाँ पुगेपछि उनी हामफालेका हुन् । हेनरिकसको घटनास्थलमा निधन भएको बताइन्छ ।
टिप्पणीहरू