भित्री कुरा त कति छन् कति

भित्री कुरा त कति छन् कति

रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा रास्वपाबाट उठाइएका डा. लेखजंग थापा अहिले पनि रेशम–रञ्जिता चौधरी श्रेष्ठकै नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा रहेको खुलेको छ । उनी २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ समानुपातिक सूचीको पाँचौं नम्बरमा थिए । 

नाउपाबाट नाम नहटिकनै रास्वपाबाट कात्तिक १७ गतेका लागि उपनिर्वाचनमा भिड्न लागेका हुन् । प्राप्त जानकारीअनुसार नाम हटाउने प्रक्रियामा थियो । तर, हटेको छैन । समानुपातिकको सूचीबाट नाम हटाउन केन्द्रीय समितिको बैठक बस्नुपर्छ । बैठकले अनुमोदन गरेपछि मात्र नाम हट्छ । लेखजङ्गलाई हटाउनका लागि बैठक बसेकै छैन । 

नाउपाका एक नेता भन्छन्, ‘केन्द्रीय समितिको बैठक बस्नुपर्छ । बैठकले अनुमोदन गरिसकेपछि मात्र नाम हटाउन मिल्छ । उनको नाम हटाउनका लागि बैठक बसेको छैन ।’ केन्द्रीय समितिको बैठकबिनै लेखजङ्गलाई हटाउन कुनै सिफारिस कसैले ग¥यो भने त्यो ‘फेक’ हुनेछ । 

यता, लेखजङ्गले कान्छी श्रीमती नुमा शर्मालाई नाउपाको कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य पनि बनाएका छन् । तत्कालीन भौतिकमन्त्री धर्मबहादुर चौधरीले उनलाई सो पदका निम्ति सिफारिस गरेका थिए । उनकी श्रीमती नुमा र ड्राइभर विनोद पहाडी अहिले पनि नाउपामै छन् । 

स्रोतका अनुसार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र लेखजङ्गबीच रास्वपाले टिकट नदिएमा नाउपाबाटै उठ्ने सहमति भएको थियो । उनले आफूलाई स्वास्थ्यमन्त्री बनाए करोडौं दिनेसम्म पनि भनेको स्रोतको दावी छ । ‘यो मान्छेसँग धेरै पैसा छ । पैसाकै आडमा  नाउपामा प्रवेश गरेका हुन् । स्वास्थ्यमन्त्री बनाऊ, यति पैसा दिन्छुसमेत भनेका थिए । श्रीमती र ड्राइभर अझै पनि नाउपामै छन्’,स्रोतले भन्यो । 

नाउपा भताभुङ्ग पार्नमा लेखजङ्गको हात 

नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीले पहिचानको कुरा उठाउने भए पनि उनकी श्रीमती रञ्जिताको ध्यान अर्कैतिर केन्द्रित छ । पार्टीका अन्य नेताले लेखजङ्गको विरोध गर्दा रञ्जिताले उनलाई च्यापेकी थिइन् । अन्यलाई पाखा लगाएर उनलाई काखा च्यापेपछि पार्टीमा विरोध शुरु भएको थियो । सोही  विवादले पार्टीलाई लथालिङ्ग बनाएको हो । उनलाई रास्वपाले उम्मेदवार बनाउनुको भित्री रहस्य आर्थिक चलखेल नै भएको स्रोतको जिकिर छ । 

को–को छन् उपनिर्वाचनमा उम्मेदवार ? 

‘जान्नेलाई छान्ने’ पार्टीको उम्मेदवार विवादमा तानिइसकेका छन् । उनको एकपछि अर्को काम भण्डाफोर हुने क्रममा छ । रुपन्देहीमा राप्रपाबाट स्वर्गीय नेता दिपक बोहोराका छोरा गौरवले उम्मेदवारी दिने बुझिएको छ । संघीय लोकतान्त्रिक मोर्चाले स्वतन्त्र उम्मेदवार डा. उमाशंकर चौधरीलाई समर्थन गरेको छ । ठूला पार्टीबाट केहीको नाम चर्चामा आए पनि निश्चित भइसकेको छैन ।
 

टिप्पणीहरू