आर्थिक प्रोत्साहनका प्याकेजपछि उल्टिँदै घट्दो जन्मदर

आर्थिक प्रोत्साहनका प्याकेजपछि उल्टिँदै घट्दो जन्मदर

ठूला आर्थिक प्रोत्साहनका प्याकेजले चीनका ठूला शहरमा यसअघि देखिएको घट्दो शिशु जन्मदरलाई उल्टाइदिएको छ । 

चीनको हुपेइ प्रान्तको तियानमेन शहरले पछिल्लो दशकदेखि घटेको शिशु जन्मदरलाई उल्लेख्य वित्तीय प्रोत्साहनका उपाय मार्फत् सफलतापूर्वक बढाएको छ । 

सरकारी तथ्याङ्क अनुसार, गत वर्ष उक्त शहरमा सात हजार २१७ नवजात शिशु जन्मिएका थिए । जुन अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १७ प्रतिशतले बढी हो ।

स्थानीय सरकारले दोस्रो बच्चा जन्माउने परिवारलाई ३० हजार र तेस्रो बच्चाका लागि ४० हजार अमेरिकी डलरसम्मको वित्तीय सहयोग प्रदान गर्दै आएको छ । सरकारको उक्त निर्णयका कारण धेरै अभिभावक थप सन्तान जन्माउन प्रोत्साहित भएको बताइन्छ । 

अभिभावक वु जियायु भन्छन् :  ‘हाम्रो दोस्रो बच्चाका लागि हामीले कुल १३ हजार २८० अमेरिकी डलर प्राप्त गरिसक्यौं ।’

भिडियो स्रोत : सिसिटिभी प्लस ।

@himalayalink4u आर्थिक प्रोत्साहनका प्याकेजपछि उल्टिँदै घट्दो जन्मदर #china #birthrate#himalayalink ♬ original sound himalayalink4u

सन् २०२४ को प्रारम्भदेखि तियानमेनले डेटिङ, विवाह, जन्म र आवाससम्बन्धी एकीकृत कार्यक्रमको  थालनी गरेको छ । यसको उद्देश्य परिवारमैत्री वातावरण सिर्जना गर्नु र जन्मदर बढाउनु हो । जसको प्रभाव स्थानीय स्वास्थ्य संस्थाहरूमा स्पष्ट देखिन्छ ।

तियानमेन मातृ एवम् शिशु स्वास्थ्य अस्पतालका उपाध्यक्ष ताङ लिरोङ भन्छन्, ‘उत्साहजनक नीति लागू भएयता, दोस्रो र तेस्रो बच्चा जन्माउने परिवारको संख्या उल्लेखनीय रूपमा बढेको छ । गत जनवरीदेखि जुलाई २०२५ सम्म, हाम्रो वाह्योपचार सेवा प्रयोगकर्ता संख्या २१ हजार पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो ।’

यस वर्षको पहिलो छ महिनामा मात्र, तियानमेनमा तीन हजार ७५६ नवजात शिशुको नाम दर्ता भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो । यो आर्थिक प्रोत्साहनले शहरमा यसअघि देखिएको घट्दो शिशु जन्मदरलाई उल्टाएको प्रारम्भिक परिणाम पनि हो ।

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू