‘स्वतन्त्रता ताइवानी जनताको इच्छाविपरीत’

‘स्वतन्त्रता ताइवानी जनताको इच्छाविपरीत’

ताइवानमा विपक्षी कोमिन्ताङ पार्टीका सात सांसदविरुद्ध भएको दोस्रो चरणको मतदानले उनीहरुलाई पराजित गराएको छ । प्रस्ताव पारित हुन नसकेपछि ती सांसदहरुको अभियान तुहिएको छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यसअघि जुलाई २६ मा भएको पहिलो चरणको मतदानको परिणाम पनि कोमिन्ताङको निम्ति अप्रत्याशित भएको थियो । लगातार दुई पटकको पराजयपछि डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी विधानसभामा अल्पमतमा देखिन्छ । ११३ सदस्यीय विधानसभामा उक्त पार्टीका ५१ जना सांसद छन् ।

चिनियाँ राज्य परिषद् ताइवान मामिला कार्यालयकी प्रवक्ता झु फङलिएनले आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘ताइवानका जनताले फेरि एकपटक डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको राजनीतिक नाटकलाई अस्वीकार गरिदिएका छन् । कुनै पनि रूपको ‘ताइवान स्वतन्त्रता’ जनताको इच्छाविपरीत भएकाले अन्ततः असफल हुनेछ ।’

ताइवानमा कोमिन्ताङ र डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले स्वतन्त्रताको मुद्दा उचाल्दै आएका छन् । तर, आममतदाता त्यस्तो विचारसँग असहमत देखिन्छन् ।
 

टिप्पणीहरू