बोर्डरमा प्रहरी र तस्करबीच सँधै वार्ता

बोर्डरमा प्रहरी र तस्करबीच सँधै वार्ता

पछिल्लो समय तराइका जिल्लामा प्रहरीले सीमा वारपार हुने चोरी निकासी/पैठारीमा ‘लाइन’ दिने, तस्कर तथा तिनका भरियासँग पैसा उठाउने र बजारमा असुलीकै उद्देश्यले जनशक्ति परिचालन गर्न थालेको पाइएको छ । एक स्थानीय व्यापारी पर्सा, बारातिर सर्धैँ तस्करी हुने बताउँछन् । 

उनका अनुसार, सीमामा तस्करी कम वा बढी हुने विषय प्रहरी नेतृत्वको कार्यकुशलता र स्वच्छतामा भर पर्छ । उनी भन्छन्, ‘कहिले प्रहरी अस्वाभाविक लचिलो भएको देखिन्छ, त्यति बेला तस्करी बढ्छ । पछिल्लो समय तस्करीजस्ता गतिविधि अलि ज्यादै नै भएका छन् । टेलिफोन अडियोहरू नै लिक हुने गरेको छ ।’ 

त्यस्ता अडियो खोजी गर्दै जाँदा भारतीय वस्तु भित्र्याएर गैरकानुनी ढंगले काठमाडौँ, पोखरालगायत शहर पठाउने कारोबारी प्रहरीबीचको संवाद पटक पटक बाहिरिने गरेको छ । 

अर्को एउटा अडियोमा खुद्रा सामान तस्करी गर्ने एक जनाले फोनमै मोलमोलाइ गरेको समेत सुनिन्छ ।

टिप्पणीहरू