बियरका बोतलबाट घर

बियरका बोतलबाट घर

चीनका ग्रामीण भेगमा बियरका बोतलबाट बनेका घरहरू देख्न सकिन्छ ।

त्यस्ता घरले फोहोरलाई नयाँ जीवन दिने गरेकाे पाइन्छ। यो प्रक्रिया वातावरणमैत्री र किफायती दुवै हुन्छ। बियरका बोतलहरूलाई सिमेन्ट लगाएर मजबुत बनाइन्छ, जसले ती घरलाई थप टिकाउ र सुरक्षित बनाउँछ।

यी घरहरू सूर्यको प्रकाशमा निकै आकर्षक देखिन्छन् भने तिनीहरूको डिजाइन पनि कलात्मक पाइन्छ ।

यस्ता घरले पानी, हावालगायत प्राकृतिक प्रकाेपबाट सुरक्षा पनि प्रदान गर्ने विश्वास लिइएकाे छ ।

टिप्पणीहरू