स्कारपियोमा फल्सबटम बनाएर लागूऔषध तस्करी, चार भारतीय पक्राउ
ठूलो परिमाणमा लागूऔषधसहित मकवानपुरबाट चार जना भारतीय नागरिक समातिएका छन् ।
भारतीय नम्बर प्लेटको स्कार्पियोमा आएका ४३ वर्षीय शेख सपूर, १९ वर्षका निसाव आलम, २५ वर्षे ओसिम अहमद र २४ वर्षीय शेख गजुरलाई प्रहरीले इन्द्रसरोवर गाउँपालिका-२ स्थित हेवी चोकबाट नियन्त्रणमा लिएको हो ।
सुगौलीबाट वीरगञ्ज हुँदै काठमाडौँतर्फ लागूऔषध तस्करी हुँदै गरेको भन्ने विशेष सूचना पाएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरी इन्सपेक्टर अमृत थापा नेतृत्वकाे टोलीले गाडी रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा बीआर ०५ पीए ९०९३ नम्बरको स्कारपियोको तीन वटा ढोकाभित्र फल्स बटम बनाएर त्यसभित्र लागूऔषध राखेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीबाट नोफिन दुई हजार चार सय, डाईजेपाम दुई हजार, प्रोमेथाईजन हाईड्रोक्लोराईट दुई हजार चार सय र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल पाँच क्याप्सुल बरामद भएको छ । पक्राउ परेका चारमध्ये गजुर स्कार्पियो चालक हुन् ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका ईलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाइएको जानकारी प्रहरीले गराएको छ ।
टिप्पणीहरू