पूर्वमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण
कोशी प्रदेशमा लागुऔषध सेवन तथा ओसारपसारको अवस्था भयावह देखिएको छ । पछिल्लो तीन वर्षको प्रहरी तथ्यांङकले त्यस्तो देखाएको हो ।
कोशीमा आर्थिक वर्ष २०७९ देखि ०८१ सम्म लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा ५ हजार १०७ जना पक्राउ परेको तथ्यांकमा उल्लेख छ । जसमा ३७५ महिला र ४ हजार ७३२ जना पुरुष रहेका छन् ।
प्रहरी रेकर्डअनुसार आव ०७९-८० मा १ हजार १५२, ०८०-८१ मा १ हजार ५८६ र ०८१-८२ मा २ हजार ३६४ जना पक्राउ परेका थिए । जसमध्ये धेरैजसो गाँजा र मेडिकल ड्रग्सका प्रयोगकर्ता तथा कारोबारी हुन् ।
तीन वर्षको यो अवधिमा करिब ११ केजी ब्राउन सुगर, सय ग्राम चरेश, ५० ग्राम अफिम, ४५ हजार केजी गाँजा अनि ३६ लाख ३४ हजार थान मेडिकल ड्रग्स (क्याम्पसुल, टयाब्लेट र सिरिन्ज ) बरामद गरेको तथ्यांकमा जनाइएको छ ।
कोशीमा भारततर्फबाट ब्राउन सुगर, चरेस र अफिम भित्रिने गरेको छ भने यहाँका पहाडी जिल्लामा अबैध उत्पादन भएका गाँजा भारततिर तस्करी हुँदै आएको छ । विहारमा रक्सी प्रतिबन्ध भएसँगै ब्राउन सुगर (खैरो हेरोइन)को प्रयोग बढेकाले सीमावर्ती जिल्लामा लागुऔषध कारोबारी झनै सक्रिय रहेको प्रहरीको बुझाइ छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी भारतको विहार राज्यसँग जोडिएकोले लागुऔषध नियन्त्रणका लागि यी जिल्लाका सीमावर्ती क्षेत्रमा थप चनाखो हुनुपर्ने देखिन्छ ।
टिप्पणीहरू