एमालेमा यसरी चल्यो प्रोपोगण्डा वार

एमालेमा यसरी चल्यो प्रोपोगण्डा वार

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको प्रतिक्रिया दिनुभएको छ । आफ्नो राजनीतिक पुनरागमन र सदस्यताबारे पार्टीभित्र चर्को बहस चलिरहेका बेला आज अपराह्न पार्टी मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग डेढ घण्टा 'वान टु वान' भेटवार्ता गर्नुभएकी उहाँको यस्तो प्रतिक्रिया आएको हो । 

भण्डारीले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट हुनेसमेत स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्षसँग राष्ट्रिय राजनीति र समसामयिक विषयमा संवाद भएको जानकारी पनि दिनुभएको छ ।

;केन्द्रीय कमिटी बैठकलाई प्रभावित पार्ने रणनीतिअनुसार बालुवाटारको योजनामा गौतमले मिडियालाई मिथ्या सूचना दिएको भण्डारी निकटहरूको ठम्याई छ । भंगाल स्रोतले यसलाई योजनावध्द प्रोपोगाण्डा भनेको छ ।"
 

यसअघि सचिवालय र पोलिटब्युरो बैठक निर्णयको हवाला दिँदै पूर्व राष्ट्रपतिको सदस्यता 'होल्ड' मा रहेको एकथरी नेताको दावी थियो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समेत सञ्चार माध्यमलाई त्यस्तै समाचार टिपाएका थिए । बैठकलाई उद्धृत गर्दै उनले राष्ट्रपति भएपछि भण्डारीले सदस्यता त्यागेकाले पार्टी विधानको धारा ८ र ९ आकर्षित भएको र यसबारे थप छलफल हुने बताएका थिए । तर,पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले त्यस्तो धारणा नै नराखेको खुलेको छ । 

केन्द्रीय कमिटी बैठकलाई प्रभावित पार्ने रणनीतिअनुसार बालुवाटारको योजनामा गौतमले मिडियालाई मिथ्या सूचना दिएको भण्डारी निकटहरूको ठम्याई छ । भंगाल स्रोतले यसलाई योजनावद्ध प्रोपोगाण्डा भनेको छ । 

'उहाँ (विद्या) सँग अध्यक्षले कुरा गर्ने भन्ने भएको हो, सदस्यताबारे केही निर्णय भएकै छैन',स्रोतको आक्रोश छ, 'उहाँहरु (ओली र शंकर) को सजिलोको लागि बैठकमा हुँदै नभएको कुरा बाहिर टिपाउने ? दिग्भ्रमित हुनेगरी सूचना दिने ? सदस्यता होल्डमा राखेको भन्ने राजेन्द्र गौतमको हिजोको कुरा सत्य होइन ।'

यसअघि एमाले निकट केही सञ्चार माध्यमले सचिवालय बैठकलाई स्रोत बनाएर अध्यक्षको भनाइ भन्दै भण्डारीको सदस्यता नवीकरण नभएको समाचार छ्यापछ्याप्ती पारेका थिए । जबकि सचिवालय बैठकमा त्यसबारे चर्चा नै नभएको नेताहरूले बताइसकेका छन् । 

पोलिटब्युरो बैठकको पूर्व सन्ध्यामा विद्या पक्षधर नेतालाई दबाबमा राख्न बालुवाटारको योजनामा मिथ्या हल्ला चलाइएको दावी गर्दै स्रोतले खुलायो, 'प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिकर सञ्जालमा एउटा स्टाटस लेखेका थिए । पछि त्यसैलाई न्युज बनाएर चेतन अधिकारीले आफू निकट मिडियाहरुमा सर्कुलेट गरे । त्यसैको आधारमा मिडियाले एमालेमा विद्या भण्डारीको सदस्यता नवीकरण होल्डमा भन्ने समाचार लेखेका हुन् ।" 

तयसअघि विजयकुमार पाण्डेको अन्तर्वार्तामा अध्यक्ष ओलीले बोलेका कुरालाई हाइलाइट गर्न भिडियो क्लिपहरू त्यसैगरी सामाजिक सञ्जाल र मिडियामा पठाईएको थियो । अन्तर्वार्ता भनिएको उक्त 'आत्मालाप' मा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै अध्यक्षका लागि योग्य नरहेको धारणा राख्नुभएको छ । त्यसैलाई हाइलाइट गर्दै रामशरण बजगाई, अरुण लम्साललगायत बालुवाटारको टोलीले ट्यागलाइन नहालिकन भिडियो र टेक्स्ट उतारेर आफू निकट मिडियाहरुलाई पठाएको कर्ण थापा र गोकुल बाँसकोटाको आरोप छ । र,प्रकाशित समाचार व्यापक शेयर गराइएको थियो । 

पोलिटब्युरो र केन्द्रीय कमिटीमा 'टोन डाउन' गर्न योजनावध्द ढंगले यसरी प्रोपोगाण्डा चलाइएको भंगाल स्रोतको बुझाइ छ । पोलिटब्युरो बैठकमा भण्डारी पक्षधर ठानिएका थुप्रै नेता प्रष्ट खुल्न नसक्नु यसैको परिणाम हो-श्रोत बताउँछ ।

टिप्पणीहरू