कमाण्डरले आँखा झिम्क्याएपछि.....
छानबिन गर्नेलाई रिझाएपछि जस्तोसुकै दाग पनि सफा हुने उदाहरण सशस्त्र प्रहरीमा देखिएको छ । अनियमितताको आरोप लागेका बाँकेस्थित ३० नम्बर गणका एसपी शोभाकान्त खनालले कारवाहीबाट उन्मुक्ति पाएपछि यस्तो उदाहरण दिन थालिएको हो । छानबिनको जिम्मेवारी प्राप्त लुम्बिनीका डिआइजी दिपेन्द्र कुँवरले नजराना भेटेपछि ‘प्रमाण भेटिएन, एसपी साहेब आत्तिने स्वभावको मात्रै हुनुहुँदो रहेछ’ भन्दै सुनपानी छर्केको पाइएको छ । खनालले अनियमितता गरेको खबर बाहिरिएपछि हेडक्वार्टरले छानबिन गरी आवश्यक कारवाही गर्न कुँवरलाई आदेश गरेको थियो । चन्द्रौटास्थित बाहिनीबाट कुँवरले २४ घण्टे र दोहोर्याएर १२ घण्टे स्पष्टीकरण सोधे पनि ।
सशस्त्र प्रहरीबलमा १२ घण्टे स्पष्टीकरण कारवाही गरिनेहरूलाई मात्रै सोध्ने चलन छ । तर, यसचोटी १२ घण्टे पुर्जी काटेर पनि त्यत्तिकै उन्मुक्ति दिइएको छ । कुँवरले आइजी राजु अर्याललाई ब्रिफिङ गर्दा एसपीले कारवाही गर्ने भए गर्नुस्, मैले केही बिगार गरेको छैन भन्छ, मैले १२ घण्टे स्पष्टीकरण सोध्दा त्यस्तो केही बिगार गरेको रहेनछ, मिडियावाजी मात्रै भएको रहेछ, प्रमाणित नभई कारवाही गर्ने कुरा पनि भएन भन्दै गुमराहमा राखेको बताइन्छ । त्यसो त घुस खाएकोे प्रमाण बिरलै भेटिन्छ, त्यस्ता प्रमाण त जुटाउने हो तर सधैं हेडक्वार्टरमा बसी बसी बढुवा खानेबाट कस्तो छानविनको अपेक्षा गर्ने । कुँवर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाको बहिनी–ज्वाइँ हुन् ।
सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकमा असार ११ र १२ गते आयोजित सम्मेलनमा मानवस्रोत विभागका एसएसपी प्रविण कँडेलले संगठनभित्र सरुवा बढुवामा चलखेल र भेदभाव भएको, सरुवामा पक्षपात गरिएको, नेता भेट्न नजाने भन्ने निर्देशन भए पनि सबैभन्दा बढी नेता भेट्न जाने को छ ? यो कुराको अनुगमन कसैले नगरेको, भेटन जानेलाई कारवाही नभएको भन्दै लाइभमैं भनेका थिए ‘पैसा नखाने भनेका छन्, पैसा खाएकै छन् । किन यस्तो भयो ?’ आइजिपी राजु अर्यालले उद्घाटन गरेको गृहमन्त्री रमेश लेखकले समापन गरेका थिए ।
मातहतका एसपीले यत्रो हल्लीखल्ली गरे पनि ३–४ दिनसम्म आइजीले थाहा पाएनन् । थाहा पाएपछि स्पष्टीकरण सोधिएको बताइन्छ । कँडेल प्राविधिक धारबाट आएका हुन् । यसअघि बाँकेको नौबस्ता तालिम केन्द्रमा कार्यरत थिए । त्यसबखत तालिम गर्दागर्दै एक जनाको ज्यान गएको थियो । स्टाफ कलेज पनि गरेका छैनन् । आपूmमाथि कारवाही हुने गाइँगुइँ चलेपछि कँडेलले ‘म प्रचण्ड र जनार्दन शर्मासँग सोझै टच भएको मान्छे हुँ, कसले कारवाही गर्दोरहेछ हेरौं त भन्दै हिँडिरहेको बताइन्छ ।
टिप्पणीहरू