सरकारी कार्यालय अबदेखि ‘क्यासलेस’, भुक्तानी सबै डिजिटल मोडमा

सरकारी कार्यालय अबदेखि ‘क्यासलेस’, भुक्तानी सबै डिजिटल मोडमा

आगामी साउन १ गतेदेखि सरकारी कार्यालयमा हुने भुक्तानी अनलाइनबाट तिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले भुक्तानी प्रक्रियालाई अनिवार्य विद्युतीय प्रणालीमा आवद्ध गर्न माताहतका निकायलाई परिपत्र गरेको छ । 

पत्रमा सबै मन्त्रालय, आयोग, सचिवालय, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड, दूरसञ्चार प्राधिकरण, विभिन्न बोर्ड, समिति, प्रतिष्ठान र सार्वजनिक संस्थानहरुलाई साउन १ गतेदेखि सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपले विद्युतीय प्रणालीमार्फत् गर्न/गराउन भनिएको छ । 

आर्थिक वर्ष ०८२/०८३ को बजेट वक्तव्यको बुँदा नम्बर ३३५ ( सार्वजनिक निकायमा हुने भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणालीमा आवद्ध गर्ने) कार्यान्वयन गर्न उपप्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम परिपत्र गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू