आयुर्वेदको महत्त्व दर्साउन ‘आयुर्वेदिक सिटी वेलनेस’

आयुर्वेदको महत्त्व  दर्साउन ‘आयुर्वेदिक सिटी वेलनेस’

प्राकृतिक जीवनशैलीको प्रवर्द्धन गर्नुका साथै व्यवसायिक क्षेत्रमा महिलाको सशक्त सहभागिताका निम्ति काठमाडौँमा ‘आयुर्वेदिक सिटी वेलनेस’ सञ्चालनमा ल्याइएको छ ।

लामो समयदेखि व्यवसायिक क्षेत्रमा सम्भावना खोजिरहेकी लक्ष्मी मल्ल र व्यवसायिक दृष्टिकोणमा सशक्त सोच राख्ने देव सागरको संयुक्त लगानीमा उक्त संस्था सञ्चालनमा आएको हो । सुन्धारास्थित काठमाडौं मलमा अवस्थित वेलनेस सेन्टरले शप नम्बर ४०८ बाट सेवा प्रदान गर्ने जनाइएको छ ।

‘नेचुरल हिलिङ’, ‘ब्युट्री थेरापी’, ‘मेँटल रिल्याक्सेसन’ जस्ता सेवा दिने यो सेन्टरले आयुर्वेदलाई आधुनिक शहरी जीवनशैलीसँग जोड्ने प्रयास गर्ने बताएको छ । उद्घाटन समारोहमा अभिनेत्री, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यले महिला नेतृत्वमा यस्तो व्यवसाय शुरु हुनु निकै सकारात्मक भएको बताइन् । उनी संस्थाको प्रारम्भिक सोचदेखि नै सघाउने सक्रिय पात्रका रुपमा समेत रहेकी छिन् । 

यस्तै, सञ्चालक लक्ष्मी मल्लले समाजमा आयुर्वेदको महत्त्वलाई पुनःस्थापित गर्ने आफूहरुको उद्देश्य रहेको बताउँदै वेलनेस सेन्टरले प्राकृतिक उपचार, सौन्दर्य सेवा र मानसिक सन्तुलनमा आधारित सेवा प्रदान गर्ने जानकारी दिइन् । 

निकट भविष्यमा सेन्टरको शाखा देशभर विस्तान गर्ने योजना रहेको उनको भनाइ छ । उद्घाटन समारोहमा वन तथा वातावरणमन्त्री रुपा विक पोखरेलको प्रमुख आतिथ्यता रहेकोमा चलचित्र, समाजसेवा, व्यवसाय क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सहभागी भएका थिए ।

टिप्पणीहरू